Home » » तेह्रथुममा गजल प्रतियोगीता

तेह्रथुममा गजल प्रतियोगीता

तेह्रथुम । नेपाल गजल प्रतिष्ठान जिल्ला शाखा तेह्रथुमले तेह्रथुमको शुक्रबारे बजारमा खुल्ला गजल प्रतियोगीता सम्पन्न गरेको छ । 
प्रतियोगीतामा रुपाञ्जली लिम्बू प्रथम दिलेन लिम्बू, द्वितिय र आईन्द्र मादेन तृतिय स्थान प्राप्त गर्नुभएको थियो । प्रथम, द्धितिय र तृतिय हुने गजलकारहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो साथै सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा ९ जना गजलकारहरुको ससहभागीता थियो । 
कार्यक्रममा रुपाकोट एफ एम खोटाङका गजलकार सम्झना भुजेल, गणतन्त्र एफ एम ससुनससरीका गजलकार ‘दुखी रहेको सन्देश’, बी एफ एम मोरङका गजलकार धनुषा अन्जान चेम्जोङले फोन मार्फत ससहभागीता जनाउनु भएको थियो । सो कार्यक्रममा विभिन्न राजनिति दलका प्रतिनिधि विभिन्न ससंघ ससंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
नेपाल गजल प्रतिष्ठानका संस्थापक केन्द्रिय अध्यक्ष एकु घिमिरेको प्रमुख आतिथ्य तथा प्रतिष्ठानको शाखा तेह्रथुमका अध्यक्ष दिल पाक्ससावा ‘नामराक’को सभापतित्वमा सम्पन्न कार्यक्रममा फक्ताङलुङस सांस्कृतिक मञ्च र ससंघीय लिम्बुवान कलाकार परिषदको समेत सांस्कृतिक प्रस्तुति रहेको थियो साथै कार्यक्रमको संचालन नेपाल गजल प्रतिष्ठान जिल्ला शाखा तेह्रथुमका सचिव नाम्सामी प्रकाश पाक्सवाले गर्नुभएको थियो ।


Share this video :
 
Copyright © 2013. gajal - All Rights Reserved
Modifed by yatri