Home » » गजल

गजल

शिरानीमा तरबार राखे शिरै खतरामा
बाडी आउँदा खोली तिरको तिरै खतरामा ।
पिरैपिरको राजधानी हो यात्रा जिन्दगीको
पौरखले पिरलाई थिचे पीरै खतरामा ।

पैतालामा दुख बिझ्छ झिर बन्छ आँसु
आँसु पुछी हिँड्न सके झिरै खतरामा ।

खिर सम्झी निमुखाको नखाऊ श्रम दाना
भ्रष्टाचारको अचार खाए खिरै खतरामा ।

नीर धारा आँसु बग्छ डस्छन् मान्छेहरु
विचरो यो नवराजको नीरै खतरामा ।

– नवराज लम्साल


Share this video :
 
Copyright © 2013. gajal - All Rights Reserved
Modifed by yatri