Posted by नेपाली गजल
Posted on 9:26 AM
होला भन्ने आस गर्दै, टर्न सक्छ जिन्दगि
सिसे महल चर्किए झैँ , झर्न सक्छ जिन्दगि
परेलीमा सपनाका, लाख बत्ति बालेपानी
नफक्रिदै कोपिलामै, मर्न सक्छ जिन्दगि
विजयका बीर गाथा लिपिबद्ध गरेपनि
बिरक्तिदै आफै संग, हर्न सक्छ जिन्दगि
महलमै राखेपनि, पुष्प बर्षा गराएर
बाध्यता को चंगुलमा, पर्न सक्छ जिन्दगी