जीवन खराल ''रदीफ''
प्रेमको फूल दिल भारि सजाइ दिन्छ्यौ कि
प्रीति-सरगम हृदयभारि बजाइ दिन्छ्यौ कि
तिम्रो लजाइमा खै के जादूगरी छ सत्ते!!
मन पर्यो यसरी सधै लजाइ दिन्छ्यौ कि
मेघ गर्जे पनि बर्सेन, यो मुटु धोएन
मेरो मनमा मायाको खोली बगाइ दिन्छ्यौ कि
मेरो दिल उदाइदेऊ नयाँ बिहानी भएर
मलिलो मनमा बैंसको फूल लगाइ दिन्छ्यौ कि